तिहारमा देउसी भेैलो खेलि जम्मा भएको पैसाले घुुुुमन जाने रमाइलो गर्ने फेशन जस्तो भएको छ तर पोखरा १७ छोरेपाटन बेलघारीका युवाले कमाएको पैसा फरक तरिकाले प्रयोग गरेका छन् ।
वेलघारी युवा समूह पोखरा १७ छोरेपाटनले मानव सेवा आश्रममा रहेका १०० जानालाई खाना खुवाएका छन्। देउसी भैलो कार्यक्रम वाट सङ्कलित रकम मध्यवाट सामाजिक उत्तरदायित्व वहन गर्दै वृद्ध वृद्धाहरूलाई खाना खुवाईएको क्लबका सल्लाहकार दिपक सुवेदीले जनाएका छन्।
कार्यक्रममा प्रमुख अतिथि समाज सेवी शिक्षाविद ९९ बर्षिय पंण्डीत बाबुराम रेग्मीले युवाहरूको यस प्रकारको काम देखेर आफुलाई धेरै खुशी लागेको बताए । साथै आफुले पनि आश्रमलाई ४,८०० प्रदान गर्ने घोषणा गरेका छन्।
मानव आश्रमकाका संयोजक राजन सापकोटाले युवाहरुले गरेको कामको खुुुुलेर प्रशंसा गरेकाथिए ।
कार्यक्रममा नारि उत्थान दिदिबहिनी समुहकि अध्यक्ष सरिता घिमिरे , छन्द नायक माधव वियोगी,सु।किशोर थापा ,समाज सेवि इन्द्र खत्री साथै मगर समाज पोखरा १७ का अध्यक्ष लोक बहादुर थापाले बोलेका थिए ।
कार्यक्रममा सहभागीहरुले आश्रमलाई आर्थिक सहयोग सोरुप १०,००० पनि सहयोग गरेका थिए । कार्यक्रम संस्थाका सल्लाहकार दिपक सुवेदीको संचालन र देउसी भेैलो सयोजक बिशाल थापा मगरको अध्यक्षतामा सम्पन्न भएको थियो ।




