ताजा समाचार

कार्तिक १६ गते २०७६

ठूलाकोट कृषि सहकारीको साधारणसभा

ठूलाकोट कृषि सहकारी ११ वर्षमा पोखरा २८ कालिकामा रहेको ठूलाकोट कृषि सहकारी संस्था लिमिटेडको १० औं वार्षिक साधारणसभा शनिबार भएको छ ।

कार्यक्रममा जिल्ला सहकारी संघ कास्की अध्यक्ष रविरमण तिवारीले सहकारीका सदस्यले आफ्नो सहकारीमा कारोबार नगरी नाफामात्र खोज्न नहुने बताए । उनले सहकारीहरू जुन उद्देश्यले खोलिएका छन्, त्यही अनुसार काम गर्नुपर्नेमा जोड दिए । उनले सहकारीको कार्यालयसमेत उद्घाटन गरे ।

पोखरा २८ का अध्यक्ष निर्मल दियालीले ठूलाकोटसहकारीले उत्कृष्ट काम गरेको बताउँदै वडाका सबै सहकारीसँग समृद्धिका लागि सहकार्य गरिने बताए । सहकारीका अध्यक्ष राजेश भण्डारीको अध्यक्षतामा भएको सभामा सहकारीका संस्थापक अध्यक्ष विश्वरमण अधिकारी, कालिका सहकारीका सचिव खगेन्द्रराज भण्डारी, कालिका भलाइ कोषका अध्यक्ष केदारनाथ अधिकारी, उत्कृष्ट बाख्रापालक प्रकाशरमण अधिकारी, विजय सहकारीका अध्यक्ष इन्द्रराज बराल, नेकपा २८ का अध्यक्ष भोलानाथ त्रिपाठी, सहकारीका उपाध्यक्ष श्यामप्रसाद तिमिल्सेना, सहसचिव सुनिता तिमल्सिना लगायतले बोलेका थिए ।

सभामा अध्यक्ष भण्डारीले अध्याको प्रतिवेदन, सचिव गोर्कण त्रिपाठीले सचिवको प्रतिवेदन, कोषाध्यक्ष शैलेन्द्ररमण अधिकारीले कोषाध्यक्षको प्रतिवेदन र लेखा संयोजक माधवप्रसाद पौडेलले लेखाको प्रतिवेदन पेश गरेका थिए ।