ताजा समाचार

कार्तिक १६ गते २०७६

बिरुवाको सहकारी अभियानमा महिला सशक्तीकरण

बिरुवा बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा शनिवार सहकारी अभियानमा महिला शसक्तिकरण गोष्ठी भएको छ ।

तालिम उद्घाटन गर्दै सहकारीक अध्यक्ष चित्रराज बराल गोपालले वार्षिकोत्वको अबसरमा महिला शसक्तिकरणका लागि तालिम आयोजना गरिएको बताए । उनले सहकारी तथा नया कानुनको बारेमा जानकारी तथा सफल जीवनका लागि सकारात्मक सोचसम्बन्धी तालिम राखिएको भन्दै आगामी दिनमा पनि यस्ता तालिम निरन्तर रुपमा सञ्चालन गरिने प्रतिबद्धता जनाए ।

बचत संघका जिल्ला कोषाध्यक्ष नारायण आचार्यले सहकारीसम्बन्धी तालिम दिएका थिए भने अधिवक्ता तथा पत्रकार सुष्मा पौडेलले कानुन तथा सफल जीवनका लागि सकारात्मक सोचसम्बन्धी उत्प्रेरणामुलक तालिम दिएकी थिइन् ।

महिला उपसमितिका संयोजक कल्पना श्रेष्ठले स्वागत तथा सात सिद्धान्त राधिका शर्माले वाचन गरेकी थिइन् भने सञ्चालन सञ्चालन समिति सदस्य सुमित्रा लम्सालले गरेकी थिइन ।

तालिम उपलब्धि पुर्ण रहेको सहकारीका मेनेजर शम्भु बराल र महिला सदस्य मिना पोख्रेल र शेयर सदस्य उशा गोशेलीले बताए ।