ताजा समाचार

कार्तिक १६ गते २०७६

नेकपा सचिवालय बैठक विनानिश्कर्ष टुंगियो,भोलि फेरि बस्ने

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सम्पन्न भएको छ।

आगामी मंसिर १४ गते हुने उपचुनावका लागि उम्मेदवारहरुको टुंगो लगाउन प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान ११ बजे बसेको नेकपा सचिवालयको बैठक विनानिश्कर्ष टुंगिएको छ ।
समय अभावका कारण भोलिको बैठकबाट प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका उम्मेदवार सिफरिस गर्ने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्था गम्भीर नभएको बारेमा जानकारी पनि गराएको प्रवक्ता श्रेष्ठले बताए।