नेपाली सेनाले इन्डोनेसियाबाट खरिद गरिएको नयाँ कार्गो विमान काठमाडौं आईपुगेको छ ।
यो विमान सेनाले विभिन्न मालसामान ढुवानी, भीआईपी सवारी तथा प्राकृतिक वितपतका बेला राहत तथा उद्दारका समयमा प्रयोग गर्नेछ ।
दुई वर्षअघि भएको सीएन २३५-२२० विमान खरिद सम्झौता अनुरुप विमान काठमाडौं आईपुगको सेनका सहायक रथी तथा प्रवक्ता विज्ञानदेव पाण्डेले अनलाइनखबरलाई जानकारी दिए ।
करिब ३ अर्ब खर्चिएर किनिएको विमान यात्रु ओसार्न पनि प्रयोग गर्न सकिने खालको छ । यो विामनले ५१ जनासम्म यात्रु बोक्ने क्षमता राख्छ ।






