ताजा समाचार

कार्तिक १५ गते २०७६

जीवन शर्माका छोरालाई बागलुङ समाजको सहयोग

लोकप्रिय जनगायक जीवन शर्माका प्रिय माइला छोरा अमृत आचार्यको उपचारका लागि बागलुङ समाजले सहयोग हस्तान्तरण गरेको छ ।

बाग्लुङ समाज पोखराको सहयोग र सहकार्यमा विभिन्न संघ संस्था ,सामाजिक ब्याक्तित्वद्वारा संकलन गरेको २ लाख २६ हजार ७ सय २५ रुपिया समाजका अध्यक्ष कुलचन्द्र शर्माले अमृतका दाजु अजुनलाई शुक्रबार हस्तान्तरण गरे ।

अध्यक्ष शर्मासहित बग्लुङ समाज पोखराका कोषाध्यक्ष शिवप्रसाद शर्मा, सहसचिव भवानीशंकर शर्मा र कार्यसमिति सदस्य नरेश सुवेदीले काठमाडौं पुगेर सहयोग हस्तान्तरण गरेका हुन् । अध्यक्ष शर्माले सबै सहयोगीप्रति आभार प्रकट गरेका छन् ।

गायक शर्माका छोरा अमृतको घाँटीमा हड्डी अड्किएपछि अन्ननली नै फेर्नुपर्ने भएको छ । व्यक्तिगत सम्पत्ति नभएका सर्वहाराका गीत गाउने शर्मा छोराको उपचारका लागि रकम नभएपछि समस्यामा परेका छन् । उनलाई देश, विदेशका शुभचिन्तकहरुले सहयोग गर्ने क्रम जारी छ ।