कहाँ हरायो कृष्णबहादुर महराको मोवाइल ?

आफ्नै सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि जवर्जस्ती करणी गरेको आरोप खेपिरहेका विर्तमान सभामुख कृष्णबहादुर महराले अनुसन्धानमा खटिएका प्रहरीलाई मोवाइल दिन इन्कार गरेका छन् । यद्यपि महरा र रोशनी शाही दुवैले प्रहरीलाई मोवाइल दिन नमानेको प्रहरीले बताएको छ ।

मोवाइल माग्दा महराले आफ्नो मोवाइल हराएको बताएका छन् । मोवाइल माग्दा महराले नदिएपछि प्रहरीले जर्बजस्ती करणी र करणी उद्योगमा अपनाउने अनुसन्धान पद्धतिमा आरोपीको असहयोग भएको विवरणसहित काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा बिहीबार दर्ता गरेको छ।

आफ्नै कार्यालयमा कार्यरत महिलालाई जर्बजस्ती करणी उद्योग गरेको अभियोगमा पाँच वर्षको सजाय माग दाबीसहित मुद्दा दर्ता भएको हो।

प्रहरी अनुसन्धामा महराले डीएनए परीक्षणका लागि अदालतको आदेश समेत अवज्ञा गर्दै रगत दिन इन्कार गरेको समेत अनुसन्धान प्रतिवेदनमा उल्लेख गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले प्रहरी अनुसन्धानमा डीएनएका लागि रगत दिन नमानेको, स्वास्थ्यका कारण पोलिग्राफ टेस्ट नभएको र मोबाइल हराएको तथ्यसहित मुद्दा सरकारी वकिल कार्यालयमा बुझाएको बताए।