माछापुच्छ्रे बैंक लिमिटेडले हरिभक्त सिग्देललाई आगामी बार्षिक साधारण सभा सम्मको लागि संचालक पदमा नियुक्त गरेको छ ।
यहि कार्तिक ८ गते बसेको संचालक समितिको ४०८ औं बैठकले सर्वसाधारण शेयरधनीहरुका तर्फबाट रिक्त हुन गएको संचालक पदमा हरिभक्त सिग्देललाई आगामी बार्षिक साधारणसभा सम्मको लागि नियुक्त गरेको हो ।

नवनियुक्त संचालक हरिभक्त सिग्देलको सरकारी र प्राईभेट क्षेत्रमा निकै लामो अनुभव रहेको छ ।




