नेपालले भारत र बंगलादेशसँग खेल्ने

नेपालले यही नोभेम्बरमा इमर्जिङ टिम्स एसिया कपमा टेष्ट मान्यता प्राप्त देश भारत र बंगलादेशसँग क्रिकेट खेल्ने भएको छ ।

एसियन क्रिकेट काउन्सिल (एससीसी) ले बिहीबार निकालेको खेल तालिकामा नेपाल भारत र बंगलादेशसँगै समूह ‘बी’ मा परेको छ । हङकङ पनि यही समूहमा रहेको छ ।

यस्तै, समूह ‘ए’ मा श्रीलंका, पाकिस्तान, अफगानिस्तान र ओमान रहेका छन् ।

नेपालले आफ्नो पहिलो खेल भारतसँग नोभेम्बर १४ तारिखमा खेल्नेछ । त्यस्तै, १६ तारिखमा हङकङसँग खेल्ने नेपालले बंगलादेशसँग १८ तारिखमा खेल्नेछ ।