प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ग्राण्डी अस्पताल पुगेका छन् ।
स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओली बुधबार ग्राण्डी अस्पताल भर्ना भएका थिए । ग्राण्डी अस्पतालमा भर्ना भएपछि बुधबारै प्रधानमन्त्री ओलीको मिर्गौलाको डायलासिस गरिएको बताइएको छ ।बिहीबार पनि प्रधानमन्त्री ओलीको मिर्गौलाको डायलासिस हुँदै छ ।
प्रचण्ड पुग्नुअघि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ प्रकाश र नेता भीम रावललगायतका नेताहरु ग्राण्डी पुगेका थिए ।
प्रधानमन्त्रीको अवस्था अहिले एकदमै ठीक रहेको चिकित्सकहरुले जानकारी दिएका छन् ।






