कति घट्यो सुनको मूल्य ?

बिहीबार सुनको मूल्यमा गिरावट आएको छ । प्रतितोला ७१ हजार रुपैयाँ रहेको सुन प्रतितोला पाँच सय रुपैयाँ घटेको  हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंले दिएको जानकारी अनुसार बिहिबारको लागि छापावाला सुन प्रतितोला ७० हजार पाँच सय र तेजावी सुन प्रतितोला ७० हजार दुई सय रुपैयाँ कायम भएको छ ।

सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदीको स्थिर मूल्य प्रतितोला ८६० रुपैयाँ रहेको छ ।