कृष्णनगरमा प्रहरीको गोलीबाट एकजनाको मृत्यु

कपिलवस्तुको कृष्णनगर बजार क्षेत्रमा कर्फ्यू तोड्न खोज्दा प्रहरीले चलाएको गोली लागेर एकजनाको मृत्यु भएको छ।

प्रहरीले चलाएको गोली लागेर स्थानीय सुरज कुमार पाण्डेको घटनास्थलमै मृत्यु भएको हो।

लक्ष्मी मूर्ति बिसर्जन गर्ने विषयमा कपिलवस्तुको कृष्णनगरमा हिन्दु र मुसलमान पक्षबीच विवादका कारण झडप भएपछि स्थानीय प्रशासनले बिहान ११ बजेदेखि अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरेको छ ।