स्कटल्याण्ड टी २० विश्वकपमा छनोट भएको छ । प्लेअफमा यूएइलाई ९० रनले हराउँदै स्कटल्याण्डले अष्ट्रेलियामा हुने विश्वकपमा छनोट भएको हो ।
पहिले ब्याटिङ गरेको स्कटल्याण्डले २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ९८ रन बनाएको थियो । उसका लागि जर्ज मुन्सेले ६५ तथा रिची बेरिङटोनले ४८ रन बनाए । यस्तै कप्तान केली कोट्जेरले ३४ तथा कालुम म्याक्लोयडले २५ रनको योगदान गरे ।
जवाफमा यूएए १८ ओभर ३ बलमा १०८ रनमा अलआउट भयो । उसका तीन खेलाडीले मात्र दोहोरो अंक जोड्न सके ।
जसका रामिज सहजादले ३४ तथा मुहम्मद उसमानले २० रन बनाउँदा अरु खेलाडी सस्तैमा आउट भए । घरेलु टिमलाइ सस्तैमा आउट गर्न सेफयान सरिफ र मार्क वाटले तीन तीन विकेट लिए ।




