कास्की क्षेत्र नं. २ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट उम्मेदवारको चर्चामा रहेकी विद्या भट्टराई अधिकारीको चुनावी प्रचार शुरु भएको छ ।
उनी पार्टीको कास्की कमिटीबाट उम्मेदवारका लागि सर्वसम्मत सिफारिस भएकी हुन् । तर पार्टीको केन्द्रीय कमिटीले भने उम्मेदवारको ढुंगो लगाएको छैन ।
उम्मेदवारको टुंगो नहुँदै विद्यालाई भोट दिन अपिलसहितको प्रचार सामाजिक सञ्जालमा शुरु भएको हो । उक्त प्रचारमा सुखी नेपाली समृद्ध नेपाल, सबै बाम एक ठाम भन्ने विगतकै नारा अघि सारिएको छ ।

कास्की-२ प्रतिनिधिसभाका लागि उपनिर्वाचन हुने एकमात्र क्षेत्र हो । यो क्षेत्र नेपाली कांग्रेसले देवराज चालिसेसहित १६ जना सिफासिर गरेको छ भने साझा पार्टीले रजनी केसीलाई उम्मेदवार बनाएको छ ।







