कप्तान पारस खड्काले गत असोज २८ गते नेपाली क्रिकेट टोलीको कप्तानीको जिम्मेवारी त्यागेको घोषणा गरेपछि नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्लले पाएका छन्।
नेपाल क्रिकेट संघ ९क्यान० ले मल्ललाई कप्तानको जिम्मेवारी दिएको हो ।अर्को निर्णय नहुँदासम्म ज्ञानेन्द्रलाई कप्तानको जिम्मेवारी दिइएको क्यानले जनाएको छ।
मल्लले यसअघि पारस खड्काको कप्तानीमा उपकप्तानको भूमिका निर्वाह गरिरहेका थिए ।




