ससुरालीमा झुण्डिए बाराका युवक

ससुरालीको घरमा बस्दै आएका बारा बगरमपुरका एक युवक पर्साको सबैया ससुराली घरमा झुण्डिएको अवस्थामा फेला परेका छन् ।

पर्सागढी नगरपालिका-३ सबैयास्थित २५ वर्षीय बिजुली सहनी मंगलबार विहान बैकैनाको घरमा झुण्डिएर अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीको टोली घटनास्थल पुगी शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।