ताजा समाचार

कार्तिक १३ गते २०७६

प्रधानमन्त्री ओली अचानक अस्वस्थ, ग्राण्डी अस्पताल लगियो

प्रधानमन्त्री केपी शर्मा ओली अचानक अस्वस्थ भएका छन् । स्वास्थ्य अवस्था बिग्रिएपछि प्रधानमन्त्री ओलीलाई ग्राण्डी अस्पताल लगिएको बताइएको छ । 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले नियमित फलोअपका लागि लगिएको बताएका छन् । “नियमित फलोअप हो । केही जाँचहरू हुनेछन् । विवरण आएपछिमात्रै यसै भन्न सकिनेछ,” उनले भने । 

१३ वर्षअघि मृगौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री ओलीको बेलाबखत नियमति स्वास्थ्य जाँच हुँदै आएको छ ।

दुई महिना अघिमात्रै ओलीको सिङ्गापुरमा प्लाज्माफेरेसिसको माध्यमबाट शरीरमा जम्मा भएको एन्टिबडी नष्ट गरिएको थियो ।

गत भदौ २० गते सिङ्गापुरबाट फर्किएका ओलीको नेपालमा पनि नियमित फलोअप भइरहेको छ । अहिलेको शारीरिक गडबडी भने सामान्य रहेको बालुवाटार स्रोतको भनाइ छ ।