साझाकी उम्मेदवार रजनी केसीलाई खुलापत्र

आदरणीय दिदी,
नमस्कार !

आफ्नो महत्वपूर्ण समय लगानी गरेको नेपाली कांग्रेस पार्टी छोडेको सुनेपछि आफ्नो निणय पुनः विचार गर्नु भन्नका लागि म र डा. द्धारिका उप्रेती सर हजुरको घरमा पुगेका थियौं ।

हजुरसंग लामो भलाकुसारी भयो । कांग्रेस पार्टी छोड्नुको कारण सोधेँ । उहाँले भन्नुभयो, ‘पार्टी भित्रको अस्वस्थ प्रतिस्पर्धा, गैर राजनीतिक संस्कार बोकेकाहरूको हावी देखेर पार्टी छोड्ने निणय लिएँ ।’

हामीले पार्टी भित्र बसेर विकृति विरुद्ध भित्रै बसेर लडौं भन्दा त्यो कुरामा उहाँ राजी हुनुभएन ।
कास्कीमा हुन गएको उपनिवाचनमा प्रतिनिधिसभाको चुनाव नलड्नु होला ।

फरक पार्टी भए पनि केहि वर्ष संगठन बनाएर जनता माँझ काम गर्नु होला भन्ने सुझाव दिएर हामी बिदा भयौं ।

तर, यतिबेला साझा पार्टीले तपाइँलाई उम्मेदवार प्रस्तुति गरेछ । हामी अझै भन्दै छौं, ‘यो समय तपाइँका लागि अनुकुल छैन । यसमा पुनःविचार गर्नुहोला । तपाइँसंग चुनावमा प्रचार गर्ने कला छ, तर विना संगठन चुनाव लडेर आफ्नो भएको कद नघटाउनु होला । परिवर्तन खोज्ने दिल्ली र काठमाडौंका जनताको जस्तो अस्थिर जनमत कास्कीको भूगोलमा देख्दैनौं । त्यस्तो अवस्था यहाँ हुन्न, अझै केही समय लाग्न सक्छ ।’

अन्त्यमा मनमा हजुरले राज गरे पनि दिदी जनमत दिन्न सकिन दिदी ।

उही तपाइँको प्यारो भाई
एलसी, पोखरा

(लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत व्यक्त गरेको विचारको संशोधित अंश ।)