कांग्रेसका वरिष्ठ नेता पौडेल आज पोखरा आउँदै

नेपाली कांग्रेसका वरिष्ठ नेता पोखरा आउने भएका छन् । उनी बुधबार बिहान पोखरा आउँदैछन् ।

पोखरा–५, पर्स्याङस्थित शोकमा रहेका युवराज खनाल परिवारलाई भेट गरि समवेदना प्रकट गर्न नेता पौडेल पोखरा आउने भएका हुन् ।

युवराज खनालका एकमात्र छोरा सञ्जय खनालको ८ दिन अघि निधन भएको थियो ।

अन्नपूर्ण गाउँपालिका–११, देउराली बेसक्याम नजिकै हिउँमा पुरिएर सञ्जयको निधन भएको थियो । खनाल परिवार नेता पौडेलको नजिकको आफन्त भएको बुझिएको छ ।