खेल्नेक्रममा कमल थापा घाइते, खेल छाडे

चीनको सेन्जेन शहरमा शनिबार सुरु भएको आईटीएफ सेन्जेन इन्टरनेसनल सिनियर सर्किटमा घाइते भएपछि राप्रपा अध्यक्ष कमल थापाले खेल बीचैमा छाडेका छन् ।

पिंडौला र तिघ्राको मांसपेशिमा  एकैसाथ गम्भीर समस्या भएकोले थापाले खेल बीचैमा छाडेका हुन् ।

भारतका अभिजित भारद्वाजलाई पहिलो सेटमा जितेपछि दोस्रो सेटमा ३-० ले जितिरहेको अवस्थामा मांसपेशीमा समस्या देखिएको थियो ।

सो सेट ६-३ मा गुमाएका थापाले रिटायर्ड हर्ट भएर तेस्रो सेट खेल्न सक्ने अवस्था नभएपछि खेल बीचमै परित्याग गरेका थिए ।

पिंडौलाबाट शुरु भएको समस्या तिघ्रा हुँदै ढाड र अन्य ठाउँमा पनि फैलिन थालेपछि थापाले खेल छाडेका राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।