लोकस्टारको ५० लाख उपाधि शनि विश्वकर्मालाई

‘नेपाल लोक स्टार’ को पहिलो विजेता शनि विश्वकर्मा बनेका छन् । लोक गायन रियालिटी शोको भृकुटीमण्डपमा शुक्रबार सम्पन्न ग्राण्ड फिनालेबाट रोल्पाका विश्वकर्मा नेपाल लोक स्टारको विजयी घोषणा गरिएको हो

एपीवान टेलिभिजनबाट प्रशारित ‘नेपाल लोक स्टार’ को पहिलो विजेता शनि विश्वकर्माले ५० लाख नगद पुरस्कार हातपारेका छन् ।

प्रतियोगितामा दोस्रो भएका स्याङ्जाका चेतन गोतामेले २५ लाख नगद पुरस्कार हात पारे भने तेस्रो भएका उदयपुरका विनोद दनुवारले १० लाख नगद प्राप्त गरेका छन्। त्यसैगरी रामेछापका रामकुमार नेपालीले सान्त्वना स्वरुप दुई लाख हात पारे।

असार १२ गतेबाट सुरु भएको लोकस्टार प्रतियोगिता काठमाडौंको भृकुटिमण्डपबाट ३६ औं शृंखलाको प्रत्यक्ष प्रशारण गर्दै शुक्रबार सम्पन्न भएको हो।