पूर्वसभासद कमला सुवेदीको निधन

नेकपाकी नेतृ एवं पूर्वसभासद कमला सुवेदीको निधन भएको छ। ब्रेन ट्युमरको समस्याबाट पीडित सुवेदीको ५० वर्षको उमेरमा निधन भएको हो ।

शनिबार बिहान काठमाडौंको पशुपति आर्यघाटमा उनको दाहसंस्कार गरिएको छ । सुवेदीको पार्थिव शरिरमा नेकपाका नेता माधवकुमार नेपालले पार्टीको झण्डा ओढाएका छन् । उनीप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न महासचिव विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य, अमृत बोहरालगायतका नेता कार्यकर्ताहरु आर्यघाट पुगेका छन् ।

रामेछापको बाबियाखर्क माइती र मन्थली नगरपालिका वडानम्बर १ घर भएकी सुवेदी रामेछाप(काठमाडौं सम्पर्क समितिको संयोजकसमेत बनेकी थिइन् ।

तत्कालीन एमालेको केन्द्रीय सदस्यसमेत रहेकी सुवेदीको सुवेदीका श्रीमान्, एक छोरी, एक छोरा छन्।