राजपुर बमकाण्डका आरोपी रौतहट क्षेत्र नं-२ का सांसद् मोहम्मद आफ्ताब आलमको अदालतले ८ दिन म्याद थप गरेको छ ।
अनुसन्धानका लागि प्रहरीले समय मागेपछि यसअघि असोज २८ मा अदालतले एक साता म्याद थप गरेको थियो । थपिएको म्यादमा पनि अनुसन्धान नसकिएको भन्दै प्रहरीले समय मागेपछि जिल्ला अदालत, रौतहटका न्यायाधीश उमानाथ गौतमको इजलासले थप ८ दिन प्रदान गरेको हो ।
म्याद थपपछि आलमलाई पुनः जिल्ला प्रहरी कार्यालय, रौतहट लगिएको छ ।आलम १२ वर्षअघि राजपुरमा बम विस्फोट गराएको अभियोगमा गत असोज २६ गते पक्राउ परेका थिए ।






