डा. केसी कार्तिक १८ गतेबाट अनशन बस्ने

सरकारलाई दबाव दिन १६ पटकसम्म अनशन बसिसकेका प्राध्यापक डा. गोविन्द केसीले आफ्नो आन्दोलनलाई कार्तिक १८ गतेसम्म सारेका छन् ।

त्रिभुवन विश्वविद्यालयबाट अवकाश लिँदै गर्दा आफ्ना पुराना माग कार्तिक ८ सम्म पूरा नभए कार्तिक १३ बाट अनशन बस्ने घोषणा गरेका केसीले आफ्नो अल्टिमेटम मिति आउन ५ दिन बाँकी छँदा आफ्नो निर्धारित अनशन कार्यक्रममा केही संशोधन गरेका हुन् ।

चिकित्सा शिक्षाको सुधार हुनुपर्ने माग राख्दै लामो समयदेखि संघर्षरत केसीले हिन्दु धर्मालम्बीको दोस्रो ठूलो तिहारका कारण आफूले आन्दोलनका कार्यक्रम केही दिन पर सारेको बताएका छन् ।