पूर्व कप्तान पारसले यसरी मनाए वर्थडे

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले आफ्नो जन्मदिन (वर्थडे) मनाएका छन् । जन्मदिनको दिन उनले केक समेत काटे ।

पहिलो पटक आयोजित वुमन्स च्याम्पियन्स लिग क्रिकेटको फाइनलकै दिन खड्काको जन्मदिन परेकाले फाइनल खेल सकिएपछि पारसले महिला क्रिकेटरहरुसँग वर्थडे मनाएका हुन् ।

साँझ भने च्याम्पियन चितवन राइनोजका खेलाडी तथा लगानीकर्तासँग बर्थ डे सेलिब्रेसन गरेका छन् । पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल)मा पारसले चितवन राइनोजकै कप्तानी गरेका थिए ।