नापी कार्यालय कास्कीका सर्वेक्षक सन्तोषविरुद्ध मुद्दा दायर

नापी कार्यालय कास्कीका सर्वेक्षक सन्तोष भण्डारी विरुद्ध अख्यितारले विशेष अदालतमा मुद्धा दायर गरेको छ । उनले जग्गा नापजाँच तथा क्षेत्रफल छुट्याउन सेवाग्राहीसँग घुस लिइरहँदा अख्तियारले उनलाई पक्राउ गरेको थियो ।

अख्तियार पोखराबाट खटिई गएको टोलीले भण्डारीलाई सेवाग्राहीसँग १० रकम लिइसकेको अवस्थामा रकमसहित पोखरा ९ बुद्ध चोकबाट नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा नापी कार्यालय कास्कीका सर्वेक्षक सन्तोष भण्डारीले घुस लिएको देखिएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० को कसुर गरेकोले उनी विरुद्ध मुद्दा दायर भएको हो ।

भण्डारीलाई विगो १० हजार कायम गरिएको र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० र दफा ३ को उपदफा ९१० को देहाय खण्ड ९क० बमोजिम जरिवाना र कैद सजाय मागी गरी बिहीबार बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको हो ।