काठमाडौंलाई हराउदै चितवन बन्यो च्याम्पियन

चितवन राइनोजले वुमन च्याम्पियन्स लिग क्रिकेटको उपाधि जितेको छ ।बिहीबार भएको फाइनल भिडन्तमा क्याट क्विन काठमाडौंलाई ४५ रनले हराउँदै चितवन च्याम्पियन बनेको हो । सुमन खतिवडाको अलराउण्ड प्रदर्शनसँगै उद्घाटन खेलमा काठमाडौंलाई हराएको चितवनले त्यही टिमलाई हराएर उपाधि जितेको छ ।

त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ४ विकेट गुमाएर ११२ रन बनायो । ११३ रनको विजयी लक्ष्य लिएर मैदान उत्रिएको काठमाडौंले २० ओभरमा ९ विकेट गुमाएर ६७ रन मात्र बनाउन सक्यो ।

उपाधिसँगै चितवनले ७ लाख पुरस्कार प्राप्त गरेको छ । उपविजेता काठमाडौंले ३ लाख प्राप्त गरेको छ ।