बंगलादेशको अदालतले छात्रालाई जिउँदै आगो लगाउने १६ जनालाई मृत्युदण्डको सजाय तोकेको छ ।
१९ वर्षीया नुसरत जाहा रफीले प्रधानाध्यापकले आफूमाथि गरेको यौनहिंसाको उजुरी दिएपछि उनलाई विद्यालयभित्रै आगो लगाइएको थियो ।
करिब ८० प्रतिशत शरीरमा आगोले जलेकी रफीको उपचारका क्रममा अप्रिल १० मा निधन भएको थियो ।
उनको मृत्युले बंगलादेशका साथै विभिन्न देशमा तहल्का नै मच्चाएको थियो । यस्ता मुद्दा सुल्झिन वर्षौं लाग्ने यो देशमा नुसरतको मुद्दा निकै छिटो सल्टिएको धेरैले बताएका छन् ।
वकिल हाफेज अहमदले पत्रकारलाई भने, ‘यसले बंगलादेशमा हत्या गर्नेहरु कसैगरी पनि उम्किन सक्दैनन् भन्ने कुरालाई प्रमाणित गरेको छ ।’

Photo: AFP




