घर भत्काउदा घाइते भएका एकको मृतु

चाबहिलस्थित मूल सडक छेउको पुरानो घर भत्काउने क्रममा बुधबार घाइते भएका कामदारको मृत्यु भएको छ । पुरानो घरलाई भत्काउने क्रममा एक्कासि भित्तो खसेर लाग्दा २६ वर्षीय दीपक तामाङ घाइते भएका थिए ।

चाबहिलस्थित दीर्घायु अस्पताल लगिएका तामाङको उपचारका क्रममा मृत्यु भएको महानगरी प्रहरी वृत्त गौशालाले जनाएको छ । भित्तो खस्दा घाइते भएका अर्का कामदार रामबहादुर कुँवरको अवस्था भने सामान्य रहेको छ ।