सरकारद्धारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहका काभ्रे जिल्ला सेक्रेटरी सुन्तली थोकरलाई प्रहरीलेपक्राउ गरेको छ।
पनौती नगरपालिका–९ शङ्खुस्थित घरबाटै थोकरलाई गए राति १२ बजे जिल्ला प्रहरी कार्यालय धुलिखेलको टोलीले पक्राउ गरेको प्रहरी उपरीक्षक जयराज सापकोटाले जानकारी दिए । ३२ वर्षीया थोकरले हालै मात्र विप्लव समूहको काभ्रे जिल्लाको सक्रेटरीको जिम्मेबारी पाएका थिए ।






