घाट सेवा केन्द्रका कर्मचारीहरुको सेवा सुविधा बढाउने सहमति गरेकै दिनदेखि पशुपति क्षेत्र विकास कोषले आर्यघाटमा शव अन्त्येष्टि गर्दा लाग्ने शुल्क बढाएको छ ।
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा। प्रदीप ढकालले नौ वर्षदेखि नबढेको शुल्क बुधबारबाट शव दाह गरेको शुल्कमा ३ सय रुपैयाँ बढाएर १५ सय पुर्याएको बताए ।
यसैगरी दाउरा बोक्ने र शव बोक्ने शुल्कमा समान २–२ सय रुपैयाँ बढेको छ । यसअघि यो शीर्षकमा चार–चार सय शुल्क लाग्थ्यो । चपरी बोक्ने शुल्क ३ सयबाट बढेर ४ सय रुपैयाँ पुगेको छ ।शवलाई गाड्नका लागि खाल्डो खन्ने शुल्क पनि १२ सयबाट बढेर १५ सय रुपैयाँ पुर्याइएको छ ।






