नेपाली कांग्रेस पोखरा महानगर समितिले कास्की–२ मा हुने आशन्न उपनिर्वाचनका लागि वडा प्रतिनिधि खटाएको छ ।
महानगर समितिको बैठकले महानगरभित्र पर्ने ११ वटा वडामा चुनाव प्रचारप्रसारका लागि प्रतिनिधि खटाएको हो ।
बैठक नगर सभापति वजीरमान श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।
बैठकको निर्णय अनुसार सुवर्ण केसीलाई पोखरा–१६ मा खटाइएको छ । केसी पोखरा–४ निवासी हुन् ।
उनी पोखरा–४ का वडासदस्य समेत हुन् । केसीले पार्टीले दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने प्रतिवद्धता जनाएका छन् ।
महानगरको अन्य वडामा खटाइएका प्रतिनिधिको नाम भने प्राप्त हुन सकेको छैन ।







