विराटनगरलाई हराउँदै काठमाडौं फाइनलमा

क्याट क्विन्स काठमाडौं वुमन्त च्याम्पियन्स लिग क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। काठमाडौंको कीर्तिपुर खेल मैदानमा मंगलबार भएको खेलमा विराटनगर टाईटन्सलाई ९ विकेटले पराजित गर्दै क्याट क्विन्स काठमाडौं फाइनलमा प्रवेश गरेको हो।

अब आगामी बिहीबार हुने खेलमा क्याट क्विन्स काठमाडौंले चितवन राइनोजसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। विराटनगर टाइटन्स भने प्रतियोगिताबाट बाहिरिएको छ ।