‘ह्याप्पी तिहार, चिसो बियर’ नामक गित युट्युबबाट हटाउने सम्झौता पछि गायक दुर्गेश थापालाई प्रहरीले छाडेको छ।
तिहारको अवसर पारेर सार्वजनिक गरीएको गीतमा प्रयोग गरिएको शब्दका शब्दका कारण विवादमा तानिएका उनी विरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाण्डुमा उजुरी परेपछि मंगलबार पक्राउ परेका थिए ।
दुर्गेशले सार्वजनिक गरेको ‘ह्याप्पी तिहार, चिसो वियर’मा ‘ए निकाल गाँजा, खानुपर्छ आज’ भन्ने जस्ता शब्द प्रयोग गरेका थिए । दुर्गेशले सो गीत युट्युबबाट हटाउन सहमती जनाएसँगै उनलाई छाडिएको प्रहरीको भनाइ छ ।






