प्रचण्ड सत्तापक्ष कि प्रतिपक्ष ?

यो तस्वीर सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तापक्ष र प्रतिपक्षबीच छलफलको हो ।

तस्वीरमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा देखिन्छन् ।

उनीहरूबीच सत्यनिरूपण तथा मेलमिलाप आयोग, बेपत्ता छानबिन आयोग नेतृत्व छान्ने र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइन्छ ।

यो तस्वीरमा प्रधानमन्त्री ओली एकातिर र नेकपा अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति देउवा अर्को तिर छन् । ओली र देउवाको बीचमा १ कुर्ची खाली देखिन्छ । त्यो कुर्ची पक्कै पनि प्रचण्डका लागि थियो ।

तर प्रचण्ड ओली नजिकै नबसी देउवासंगै गएर बसेका छन् । यसले ओलीसंग प्रचण्ड निकै रिसाएको संकेत गरेको छ । ३ नेताबीको छलफलमा पनि ओली र देउवा बोले तर प्रचण्ड केही नबोलेको बताइन्छ ।

स्रोतका अनुसार बालुवाटार बोलाएर ओलीले देउवा र प्रचण्डलाई डेढ घण्टा कुराएकोमा पनि प्रचण्डको गुनासो थियो ।