संघीय समाजवादी र राजपाबीच एकता सहमति नजिक

राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संघीय समाजवादी र राजपाबीचको एकता सहमति नजिक पुगेको दाबी गरेका छन्।

दुवै पार्टीको नेतृत्व पार्टी एकता गर्नुपर्छ भन्नेमा सकारात्मक रहेकाले पार्टी एकता हुनेमा आफू विश्वस्त रहेको उनले बताए ।

‘केही कुरा मिल्न बाँकी छन्। ती कुरा मिलेपछि हामी औपचारिक बैठक बसेर त्यसलाई औपचारिकता दिन्छौं,’ महतोले भने,’संगठनको समायोजन र नेतृत्वको व्यवस्थापनमा कसरी अघि बढ्ने भन्नेमा छलफल भएको छैन।’

एकतापछि बन्ने पार्टीको नाममा दुवै पार्टीको नाम राखेर मिलाउने,निर्वाचन चिन्ह र पार्टीको झण्डा एउटा एउटा पार्टीको राख्न दुवै पार्टी सहमत भएको उनले बताए।

सैद्धान्तिक विषयलाई महाधिवेशनबाट टुंगो लगाउने गरी बहसमा लैजान समेत दुई पार्टी सकारात्मक भएका छन्।

सम्बन्धित छवि

पार्टी एकताका लागि सरकारबाट बाहिरिन पर्ने सर्त राजापले राखेको छ। सरकारबाट बाहिरिने विषयमा कात्तिक ३० गतेदेखि बस्ने संघीय समाजवादीको बैठकले यसबारेमा निर्णय लिने जवाफ राजपालाई संघीय समाजावादी पार्टीले दिएको छ।