लुटेराको समूहले चिलीको टर्च कारखानामा आगो लगाउँदा पाँच जनाको मृत्यु भएको छ।राजधानी स्यान्टिएगोमा विरोधप्रदर्शन चलिरहेका बेला लुटेराहरूले राजधानीनजिकै अवस्थित एउटा कपडा कारखानामा आगो लगाइदिएका थिए।
सरकारविरुद्धको प्रदर्शन जारी रहँदा त्यहाँका मुख्य सहरहरूमा रात्रिकालीन कर्फ्यू लगाइएको छ भने प्रदर्शनकारीविरुद्ध सेना र प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेका छन्।यसरी व्यापक प्रदर्शन हुँदै जाँदा लुटेरा समूहले भने बिग्रँदो अवस्थालाई चोरी तथा डकैती गर्ने उपयुक्त समयको रुपमा लिएको त्यहाँका प्रहरीले बताएका छन्।




