इलाका मालपोत कार्यालय लेखनाथका खरिदार र लेखापढी व्यवसायी १२ हजार घुससहित पक्राउ परेका छन् ।
घुस लिँदै गर्दा खरिदार प्रकाश पौडेल र लेखापढी व्यवसायी मनोहरि भट्टराईलाई अख्तियारले पक्राउ गरेको हो । जग्गा नामसारी गर्न आनाकानी गरी घुस मागेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको अख्तियार क्षेत्रीय कार्यालय पोखराले जानाएको छ ।






