ताजा समाचार

कार्तिक ३ गते २०७६

नेता आलमको फेरी पाँच दिन म्याद थप

१२ वर्ष अघिको विस्फोटमा परि घाइते भएकालाई इँट्टा भट्टामा हाली जिउँदै जलाएको आरोपमा पक्राउ परेका मोहम्मद अफताब आलममाथि थप अनुसन्धान गर्न अदालतले पाँच दिन म्याद थप गरेको छ ।

आइतवार जिल्ला अदालत रौतहटले आलममाथिको थप अनुसन्धानका लागि प्रहरीलाई न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले थप ५ पाँच दिनको म्याद दिएको हो ।यसअघि अदालतले मंगलबार अनुसन्धानका लागि भन्दै सात दिनको म्याद दिएको थियो ।घटना भएको १२ वर्षपछि आलामलाई प्रहरीले २६ गते रौतहटबाट पक्राउ गरेको थियो ।