ताजा समाचार

कार्तिक ३ गते २०७६

‘सक्किगोनी’ टिमविरुद्ध भद्रगोलको कपिराइटको उजुरी

भद्रगोलमा काम गरिरहेको जिग्री र पाँडेको समूहले हास्य टेलि श्रृंखला ‘सक्किगोनी’ नेपाल टेलिभिजनबाट प्रशारण गर्न लागेपछि ‘सक्किगोनी’ को टिमविरुद्ध मिडिया हबले प्रहरीमा कपिराइटको उजुरी गरेको छ ।

मिडिया हबका प्रमुख सोमप्रसाद धितालले आफ्नो टेलिश्रृंखला ‘भद्रगोल’ का चरित्रहरु अर्को टेलिश्रृंखलामा प्रयोग गर्दा आफूहरुलाई अप्ठेरो परेकोले उजुरी गरेको बताएका छन् ।

उनले जिग्री, पाँडे, बले कक्रोच, सितेबा जस्ता दर्जनौं, क्यारेक्टरहरु मिडिया हबका उत्पादन हुन्, तिनीहरुलाई स्थापित गराउन हामीले लगानी गरेका छौं । त्यसैले ती क्यारेक्टरमा मिडिया हबको हक लाग्ने दाबि गरेका छन् ।

मिडिया हबको मेरीबास्सैबाट स्थापित भइ त्यहाँबाट निस्केका सितारामक कट्टेलले धुर्मुसको रुपमा, केदार घिमिरेले माग्ने बुढाको रुपमा, विल्सनविक्रम राईले तक्मे बुढाका रुपमा अहिले पनि रंगमञ्चमा प्रस्तुति दिँदै आएका छन् । उनीहरुमाथि भने मिडिया हबले आपत्ति जनाएको छैन ।