कारको छतमा शारीरिक सम्बध राखेको आरोपमा ५० हजार जरिवाना

बेलायतमा सार्वजनिक स्थानमा शारीरिक सम्बन्ध बनाएको आरोपमा एक जोडीलाई ५० हजार जरिवाना गरिएको छ । । ५१ वर्षीय डेविड मन्डेविले ३८ वर्षीया लुसी एलिससँग पार्किङमा राखिएको कारको छतमा शारीरिक सम्बन्ध कायम गरेका थिए ।

रातीको १० बजेको समयमा कारको छतमा शारीरिक सम्बन्ध गरेको घटना सिसिटिभीमा रेकर्ड भएको थियो । पुलिसले उनीहरुलाई सार्वजनिक स्थानमा आपत्तिजनक क्रियाकलाप गरेको आरोपमा पक्राउ गरी अदालतले ४०० पाउण्ड झण्डै ५० हजार नेपाली रुपैयाँ जरिवाना तिराएको छ ।