ताजा समाचार

कार्तिक ३ गते २०७६

रोजगारीका लागि मलेसिया गएका एक नेपालीको मृत्यु

रोजगारीका लागि मलेसिया गएका दाङका एक जनाको ज्यान गएको छ ।शान्तिनगर गाउँपालिका २ को बाघमारे भन्ने ठाउँका ४२ वर्षीय मोहन केसी ९कान्छो० को गएको असोज २९ गते ज्यान गएको हो ।

दशैंको टीकाका दिन एक्कासी बेहोस भएपछि उपचारका लागि उनलाई मलेसियाकै एक अस्पतालमा लगिएको र उपचारका क्रममा ज्यान गएको आफन्त सुरेश ओलीले बताए ।

केसी डीएचएल सप्लाई चैन कम्पनीमा ‘सेक्युरिटी गार्ड’ को रुपमा काम गर्न एक महिनाअघि मात्रै मलेसिया गएका थिए । उनको शव सोमबार नेपाल ल्याउने तयारी भएइरहेको छ ।