ताजा समाचार

कार्तिक ३ गते २०७६

ओली बिहीबार अजरवैजन जाने

असंलग्न राष्ट्रका प्रमुखहरूको १८ औं शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली बिहीबार अजरवैजन जाने भएका छन् ।

परराष्ट्र मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै २५ अक्टुबरदेखि २६ अक्टुबरसम्म अजरवैजनको बाकुमा हुने सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ जान लागेको जनाएको छ ।

समकालीन विश्वको चुनौतीका लागि ठोस प्रतिक्रिया सुनश्चित गर्नका लागि बांडुग सिद्धान्तको उपयोगमा केन्द्रित हुने सम्मेलनको दौरानमा प्रधानमन्त्रीले जनरल डिवेटमा प्र सम्बोधन गर्ने तय भएको छ । परराष्ट्रका अनुसार, विभिन्न देशका राष्ट्र प्रमुखहरूसँग पनि प्रधानमन्त्रीले भेटवार्ता गरि २७ अक्टुबरमा नेपाल आइपुग्ने जनाइएको छ। ।

प्रधानमन्त्रीसँगै उनकी पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई, परराष्ट्रका सचिव शंकरदास बैरागीलगायत पनि भ्रमण टोलीमा रहनेछन् ।