राष्ट्रपति भण्डारी म्यान्मारबाट सिधै जापान प्रस्थान

राष्ट्रपति विद्यादेवी भण्डारी म्यानमारबाट सिधै जापान प्रस्थान गरेकी छन् । राजकीय भ्रमणका लागि म्यान्मार गएकी भण्डारी निर्धारित कार्यक्रमअनुसार त्यहाँबाट आइतबार बिहान जापानतर्फ लागेकी हुन् ।

म्यानमारबाट थाई एयरवेजको विमान चढेकी राष्ट्रपति भण्डारी आइतबार राति जापान पुग्ने राष्ट्रिय समाचार समितिले जनाएको छ ।

राष्ट्रपति भण्डारी जापानी सम्राट नोरुहितोको राज्याभिषेकमा सहभागी हुने कार्यक्रम छ । भ्रमणको दौरानमा उनले भेटघाट तथा अवलोकनसमेत गर्ने बताइएकाे छ । भण्डारी कात्तिक ६ गते स्वदेश फर्कने कार्यक्रम छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्मा गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा गत असोज २९ गते म्यानमार गएकी थिइन् ।