ताजा समाचार

कार्तिक १ गते २०७६

अनेसास न्युयोर्क च्याप्टरमा शकुन

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ९ अनेसास ० न्यूयोर्क च्याप्टरमा नयाँ समिति चुनिएको छ ।

शकुन ज्ञवालीको अध्यक्षतामा निर्वाचित समितिको उपाध्यक्षमा शान्ता घिमिरे, महासचिव राजन महर्जन, सचिव मेनका पराजुली र कोषाध्यक्ष जानुका ओस्ती ढकाल छन् ।

च्याप्टरका बोर्ड सदस्यमा सिर्जना लामा र शोभा गौतम छन् । अध्यक्ष ज्ञवाली चर्चित साहित्यकार र गायिकासमेत हुन् ।

उनी च्याप्टरको सदस्य, महासचिव, उपाध्यक्ष हुँदै अहिले नेतृत्वमा पुगेकी हुन् । उनले नेपाली साहित्यको सवद्र्धन लाग्ने प्रतिवद्धता गरिन् । अध्यक्ष ज्ञवालीलले भनिन्, ‘म एक्लैले मात्रै होइन, हामी न्युयोर्क च्याप्टर टिम मिलेर यो प्रवासमा नेपाली भाषा साहित्यको जगेर्ना र प्रबर्धनका निमित्त लागिपर्ने छौं ।’