दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेलाकी छोरी जेनानी मण्डेला–डामिनी दक्षिण कोरियाको राजदूतमा नियुक्त भएकी छिन्।
गत अक्टोबर २ मा दक्षिण कोरियाको सियोल पुगेकी जेनानीले बिहीबार कोरियाली विदेश मन्त्रालयका पदाधिकारीहरुसँग भेटघाट गर्दै आफूले दक्षिण कोरियामा सेवा गर्ने मौका पाएकामा खुशी लागेको बताएकी छिन् ।
अब उनले दक्षिण कोरियाली राष्ट्रपति मून जाए–इन समक्ष भेटघाट गरि दुई देशबीचको द्विपक्षीय सम्बन्ध अझ प्रगाढ बनाउन आफूले सक्दो कार्य गर्ने स्पष्ट पारेकी छिन्।




