समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईले पद चाहिए पार्टी खोलेर चुनाव लड्न पूर्व राजा ज्ञानेन्द्र शाहलाई सुझाव दिएका छन् ।
पार्टीको आयोजनामा बिहीवार सदरमुकाममा भएको चाडवाड लक्षित शुभकामना आदान प्रदान कार्यक्रममा बौल्दै उनले राजतन्त्र फर्कने सम्भावना नरहेको बताए ।पूर्व राजा ज्ञानेन्द्रलाइ मेरो पद आवश्यक छ भन्ने लाग्छ भने पार्टी खोलेर चुनाव लडे हुन्छ, पारस र हिमानीलाइ पनि उठाए हुन्छ । जनताले चुनाव जिताए भने देश चलाए हुन्छ हामीलाई त्यसमा कुनै आपत्ति छैन, भने उनको तर्क थियो ।
दशैंमा जनता टिका लगाउन गए भन्दैमा राजतन्त्र आउँछ भन्नु गलत हो चाडवाडको समयमा अलि पर गएपछि राष्ट्रपतिसँग पनि लगाउँछन्, प्रधानमन्त्री सँग पनि लगाउँछन् त्यसैले अव गणतन्त्र पछाडि फर्कन नसक्ने कुरा उल्लेख गरेका छन् ।
राजतन्त्र आवश्यक छैन भनेर गणतन्त्र ल्याएको हो । जातिय र वंशिय आधारमा देश चलाउने दिन समाप्त भएको तर्क गर्दै उनले लोकतान्त्रिक गणतन्त्र पश्चात मुलुक विकास र समृद्धिको नयाँ चरणमा पुगेको र एजेण्डा समेत फेरिएको बताएका छन्।






