पोखराको छुट्टा छुट्टै ठाँउबाट ११ जुवाडे पक्राउ

प्रहरीले छुट्टा छुट्टै ठाँउमा छापा मार्दा नगद सहित ११ जुवाडे पक्राउ गरेको छ ।पोखरा महानगरपालिका ६ स्थित शान्तिपाटन बस्ने डम्वर बहादुर पुनको घर कोठामा जुवातास खेलि रहेको भन्ने गोप्य सूचनाको आधारमा ४ वुक तास र रु ३७,२०५ नगद सहित ६ जनालाई मंगलबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कास्की माछापुच्छ्रे गाउँपालिका १ बस्ने चक्र बहादुर पुन,म्याग्दीको अन्नपूर्ण गाउँपालिका ७ का गम्भिर,गर्वुजा तुल बहादुर पुन,राम बहादुर थापा ,म्याग्दी जिल्लाकै रघुगंगा गाउँपालिका १ बस्ने गुड बहादुर गर्वुजा र पर्वत जिल्ला जलजला गाउँपालिका १ बस्ने पदम पुन रहका छन ।

त्यस्तै प्रहरीले २८ गतेनै पोखरा महानगरपालिका ६ स्थित गुडवईल होटलमा जुवातास खेली रहेका ५ जनालाई नियन्त्रणमा लिएको छ । गोप्य सुचनाको आधारमा छापा मार्दा उनिहरुको साथबाट ३ वुक तास र रु३३,८१० नगद बरामद गरेको हो ।

पक्राउ पर्नेमा पोखरा महानगरपलिका ५ बस्ने सत्यनारायण मण्डल ,टिकराम सापकोटा ,दिपक श्रेष्ठ, तोप बहादुर थापा र मदन के.सी. रहेका छन् । घटनाका विषयमा थप अनुसन्धान तथा कारवाही प्रक्रिया अगाडी बढाईएको प्रहरी उपरीक्षक दिपक रेग्मीले जानकारी दिएका छन् ।