बस लोडरसँग ठोक्किदा ३५ जना तीर्थयात्रुको मृत्यु

बुधबार साँझ एउटा यात्रुबाहक बस लोडरसँग ठोक्किदा बसमा रहेका ३५ जना तीर्थयात्रुको मृत्यु भएको छ । यो दुर्घटना साउदी अरेबियाको हो ।

साउदी सञ्चार माध्यमले प्रहरीलाई उद्धृत गर्दै जनाएअनुसार सो दुर्घटना मदिना सहरबाट १७० किमी टाढा हिर्जा सडकमा भएको थियो । 

दुर्घटना साँझ ७ बजेतिर भएको हो । ३९ यात्रु बोकेको बस लोडरसँग ठोक्किएको थियो । घाइतेहरुलाई स्थानीय अल हम्ना अस्पतालमा लगिएको छ । सो बसमा एशियन र अरब देशका नागरिक भएको जनाइएको छ ।

यद्यपि कुन देशका नागरिकहरु परे भन्ने बारेमा प्रहरीले खुलाएको छैन । मृत्युको संख्या बढ्न सक्ने प्रहरी अधिकारीहरुले जनाएका छन् । सो घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको जनाइएको छ । (एजेन्सी)