मेसिन बिग्रिएपछि स्थगित एनआरएनएको मतदान आज१० बजेदेखि

विद्युतीय भोटिङ मेसिन बिग्रिएपछि बुधबार राति स्थगित भएको गैरआवासीय नेपाली संघ एनआरएनएको मतदान बिहीबार बिहान १० बजे देखि सुरु हुँदैछ । 

नयाँ नेतृत्वका लागि बुधबार साँझ ५ बजेदेखि हुने भनिएको निर्वाचन राति ८ बजेदेखि मात्र भएको थियो । केही समय मतदान भएपछि मेसिनमा आएको गडबडीका कारण मतदान स्थगित गर्नु परेको निर्वाचन समितिले जनाएको छ । 

समितिको सूचनामा उम्मेदवार तथा मतदातामा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी मागिएको छ । 

यसपटक एनआरएनएको निर्वाचन सहजसमेत हुन सकेन । विवाद बढ्दा हंगामा भएको थियो ।